समितिमा पठाइयो लोकमान विरुद्धको महाअभियोग प्रस्ताव

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्ताव महाअभियोग समितिमा पठाइएको छ ।

कार्कीको योग्यता सम्बन्धमा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सर्वाेच्च अदालतमा बहस सकिएकै दिन आइतबार संसद्ले महाअभियोग प्रस्ताव आफू मातहतको महाअभियोग समितिमा पठाएको हो ।

सरकार संविधान संशोधन विधेयक दर्ता गरेसँगै एमालेसहित विपक्षी दलहरुले संसद् बैठक अवरोध गर्दा सो प्रस्ताव समितिमा पठाउन सकिएको थिएन । तर, आइतबारको बैठकमा विपक्षी दलहरुको नाराबाजीका बीच सभामुख ओनसरी घर्तीले प्रक्रिया अघि बढाएकी हुन् ।

गएको कात्तिक ३ गते नेकपा एमाले र माओवादी केन्द्रका १५७ जना सांसद्ले कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता गरेका थिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *