विरोधकाबीच प्रक्रिया अघि बढाउनु गैरसंसदीय र अप्रजातान्त्रिक काम– एमाले

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ पुस । नौ वटा विपक्षी दलहरुको विरोधका बाबजुद सभामुख ओनसरी घर्तीले संसद्को प्रक्रिया अघि बढाएको नेकपा एमालेले आपत्ति जनाएको छ ।

यसअघिको जस्तै आइतबार बसेको संसद् बैठकमा एमालेसहित नौ विपक्षी दलहरुले संविधान संशोधन विधेयकलाई प्रस्तुत हुन नदिन नाराबाजी गरेका थिए । तर, लामो समयदेखि संसद् अवरोध भइरहेकाले विपक्षीको नाराबाजीकाबीच सभामुख घर्तीले प्रक्रिया अघि बढाइन् ।

प्रक्रिया अघि बढाएसँगै संशोधन र निर्वाचन सम्बन्धि विधेयक प्रस्तुत भए भने अख्तियारका निलम्बित प्रमुख कार्की विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय भयो ।

बैठकपछि बाहिरिएका एमालेका उपाध्यक्ष तथा सांसद् वामदेव गौतमले प्रतिपक्षी दलको अवरोधकाबीच संसद बैठक अघि बढाउन गैरसंसदीय र अप्रजातान्त्रिक काम भएको टिप्पणी गरे ।

मुख्य प्रतिपक्षीको अवरोधका बिच विश्वका कुनै पनि देशमा संसदमा काम कारबाही अघि नबढेको उनको दाबी छ । एमालेसहित नौ वटा प्रतिपक्षी दलहरुले सो विधेयक राष्ट्रघाती रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *