अख्तियार प्रमुख कार्कीको नियुक्ती सर्वाेच्च अदालतद्वारा बदर

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २४ पुस ।सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख निलम्बित आयुक्त लोकमानसिंह कार्कीको नियुक्ती योग्यता नपुगेको भन्दै बदर गरेको छ ।

अधिवक्ता ओमप्रकाश आर्यालले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएसँगै आइतबार न्यायाधीश ईश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिल कुमार सिन्हाको पूर्ण इजलासले राजाप्रसाद सेवामा रहेको अवधिलाई अनुसन्धानको क्षेत्रमा कार्य गरेको भन्न नमिल्ने, रायमाझी आयोगको प्रतिवेदनपछि स्पष्टिकरण सोधिएकाले उच्च नैतिक चरित्र नदेखिएको भन्दै कार्कीको नियुक्ती बदर गरेको हो ।

‘लोकमानसिंह कार्कीलाइ सिफारिस गर्नेगरी भएको संवैधानिक परिषदको निर्णय, राष्ट्रपतिबाट भएको नियुक्ति, प्रमुख आयुक्तमा प्रधान्याधिसबाट भएको सपथ उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ’, सर्वाेच्चको फैसलामा भनिएको छ ।

सर्वाेच्चले कार्कीको नियुक्ती बदर गर्दै राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्नू भनेर आदेश दिएको छ।

अधिवक्ता अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै रिट दायर गरेका थिए । सुरूमा अर्यालको रिट खारेज गरेको सर्वोच्च अदालतले पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले सो मुद्दा पुनः ब्युताएर सुनुवाइ गरेको थियो । यही पुस ७ गतेबाट सुरु भएको सुनुवाइ आइतबार सकिएको हो । सुनुवाइ सकिएलगत्तै सर्वाेच्चले कार्कीको नियुक्ती बदर गरेको हो ।

यसैबीच, कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव संसद्ले आफू मातहतको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *