विमानस्थलमा गोली चलाउने व्यक्तिलाई मृत्युदण्ड हुनसक्ने

  •  
  •  
  •  
  •  
  •  

फर्टलाउडर डेल (अमेरिका), २४ पुस । इराकको युद्धमा महत्वपूर्ण जिम्मेवारी सम्हालेको भनिएको २६ वर्षीय एस्टेववान सान्टियागो विरुद्ध अमेरिकी अदालतमा मुद्दा दायर गरिएको छ ।

फोर्टडेल लाउडरडेल विमानस्थलमा गोली चलाउँदा पाँच जनाको हत्या हुनुका साथै छ जना घाइते भएको घटनामा यदि सान्टियागो दोषी ठहर भएमा उनीमाथि मृत्युदण्डको सजायँसम्म हुनसक्ने बताइएको छ ।

अनुसन्धानका क्रममा सुरक्षाकर्मीलाई दिएको बयानमा सान्टियागोले विमानस्थल आक्रमणको योजना बनाएको बताएको जनाइएको छ । यद्यपि उनले विमानस्थललाई किम लक्षित गरी आक्रमण गरेको थिए भन्ने विषयमा छानविन जारी रहेको बताइएको छ । रासस÷एपी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *