संविधान संशोधन विधेयकमाथि आजबाट छलफल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । विपक्षी दलहरुको विरोधकाबीच प्रस्तुत भएको संविधान संशोधन विधेयकमाथि सोमबारबाट संसद् बैठकमा छलफल गराउने तयारी गरिएको छ ।

५ नम्बर प्रदेशको सीमांकन हेरफेर, भाषा, नागरिकता र राष्ट्रय सभामा प्रतिनिधित्वका विषयमा गर्न लागि संविधान संशोधन राष्ट्रघाती रहेको भन्दै एमाले लगाययत नौ वटा विपक्षी दलहरुले विरोध गरिरहेका बेला आइतबार सो विधेयक संसद्मा प्रस्तुत गरिएको थियो ।

सोमबार दिउँसो एक बजेका लागि बोलाइएको संसद् बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गराउने तयारी भइरहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

तर, सो विधेयकलाई छलफलमा ल्याउन खोजिए अवरोध गर्ने विपक्षी दलहरुले चेतवानी दिएका छन् । संशोधन विधेयक बाहेक अन्य विषय कार्यसूचीमा समावेश गरिए अवरोध नगर्न विपक्षीको भनाइ छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *