सावधान अन्डा खाँन्दै हुनुहुन्छ , अन्डा खाँदा सक्छ पिनास

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ   ।  नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएर श्वासप्रश्वासमा बाधा पुग्ने रोग हो, पिनास । यो खासै जटिल रोग होइन । तर, समस्या आउनासाथ चिकित्सककहाँ गएर परीक्षण गराई उपचार गरिएन भने गम्भीर परिस्थिति निम्तिन पनि सक्छ ।

कारण
पिनास चिसोमा बढी हुन्छ । चिसो मौसममा शरीरका अंग सुन्निने गर्छ । विशेषगरी, खानेकुरामा अन्डाको प्रयोग राम्रो मानिदैन । अन्डा सेवनका कारण नाकभित्रका कतिपय रेसाहरू बन्द हुने गर्छन् र यही नै पिनासको कारण बन्न सक्छ ।

टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन्, खाली भएको स्थानमा हावा भरिने समस्या हुन्छ । हड्डीको खाली ठाउँमा हावा भरिँदा पनि पिनास निम्तिन सक्छ ।

साना प्वालहरू नाकको श्वासप्रश्वास मार्गसँग जोडिएको हुनाले सामान्य समस्यामै पिनास देखापर्छ । रुघा लागेपछि बिस्तारै पिनास देखिन थाल्छ । नाकमा सिँगान भरिने र नाक सुन्निने समस्या हुन्छ । यस्तो अवस्थामा ब्याक्टेरिया विकसित भएर पिनास हुन सक्छ ।

 विशेषगरी निधार, गालाको भित्री भाग, आँखाहरूको बीच भाग, नाकको भित्री भागमा पिनास हुने गर्छ ।

प्रकार

 १० दिनभन्दा कम समयसम्म पिनास रहे भाइरल संक्रमणका कारण भएको मान्न सकिन्छ ।

१० दिनभन्दा बढी या एक महिनाभन्दा कम समयसम्म पिनास रहेमा ब्याक्टेरियल संक्रमणका कारण हुन्छ ।

तीन महिना वा १२ हप्ताभन्दा बढी पिनास रहेको खण्डमा गम्भीर भएको बुझ्नुपर्छ । यसलाई क्रोनिक साइनोसाइटिस पिनास भनेर बुझिन्छ ।

लक्षण

 पिनास हुन लागेको व्यक्तिको मुख्यतः टाउको दुख्ने र पहेँलो सिँगान आउने गर्छ । कुनै पनि गन्ध नाकले महसुस गर्न सक्दैन ।

पिनासको सुरुवातमा नाक बन्द हुने, नाकको हड्डी बांगो हुने, नाक सुन्निने, मासु पलाउने, नाकको भित्री भागसम्म हावा प्रवेश गर्न नपाउने, नाक बन्द भइरहँदा श्वासप्रश्वासमा समस्या देखिने हुन्छ ।

 पिनास भएका व्यक्तिको सिँगान नियमित बगिरहन्छ । नाकमा हावा छिर्न नपाउँदा नाकभित्रै सिँगान थुनिने र बिस्तारै किटाणु जम्मा हुने गर्छन् । टाउकोको अगाडिको भागमा भारी हुँदै जाने र अनुहारको अगाडिको भागमा पनि पीडा हुन्छ ।

यो अवस्थामा नाकमा किटाणु जम्मा भएपछि संक्रमण भई पिनास हुने गर्छ । दिउँसोमा सुक्खा खोकी लाग्ने, रुघा लाग्ने लक्षण देखापर्छ । यो अवस्थामा सामान्य ज्वरो पनि आउन सक्छ ।

बच्ने उपाय

नाकमा एलर्जी हुँदा संक्रमण फैलिएर पिनास हुने भएकाले एलर्जी हुन नदिन जाडो मैसममा चिसोबाट बच्नुपर्छ । विशेषगरी, चिसो खानेकुरा सेवन गर्नु हुँदैन ।

बाहिरी खानेकुरामा ध्यान दिनुपर्छ । डेरीबाट उत्पादित वस्तु प्रयोग गर्दा त पिनासले झन् सताउँछ । यसबाट सजग रहनुपर्छ ।

धुवाँ, धुलो, गुणस्तरहीन खानपिनका कारण पनि पिनास हुने भएकाले यस्ता पाटोमा सचेत रहनुपर्छ । पिनास बिग्रिने अवस्थामा पुग्यो भने अप्रेसन नै गरेर उपचार गर्नुपर्ने हुन सक्छ । नयाँ पत्रिकाबाट

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *