इरानका पूर्वराष्ट्रपति रफसञ्जानीको निधन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । इरानका पूर्वराष्ट्रपति अली अकबर हासमी रफसञ्जानीको ८२ वर्षको उमेरमा निधन भएको छ ।हृदयाघातका कारण तेहरानस्थित एक अस्पताल भर्ना भएका उनको उपचारका क्रममै निधन भएको बीबीसीले जनाएको छ ।

इरानको राजनीतिमा सन् १९८० मा एक महत्वपूर्ण नेताका रुपमा उदय भएका उनी सन् १९८९ देखि १९९७ सम्म इरानको राष्ट्रपति बनेका थिए । तर, सन् २००५ को निर्वाचनमा उनी महमुद अहमदिनेजादसँग पराजित भए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *