बच्चा नपाएको निहुँमा श्रीमानले योनीमा ४० सेन्टिमिटर लामो काठको बेल्ना घुसारेपछि…

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । भनिन्छ, श्रीमान र श्रीमतीसम्मको सम्बन्ध जुगजुगको । एउटा बिना अर्काको सम्बन्ध अपूरो । तर भारतको उत्तराखण्डस्थित एक सरकारी अस्पतालमा भर्ना भएकी एक नेपाली महिलाले हाल भोग्नु परेको समस्या हेर्ने हो भने माथि उल्लेखित कुरा वाहियात नै हुन जान्छ । ती महिलाले हाल भोग्नु परेको समस्या हेर्दा महिलाले पुरुष जातिमाथि पनि घृणा गर्न सक्छन् ।

ती महिला अहिले उपचारका लागि अस्पतालमा छन् । यी महिला यसकारण अस्पतालमा भर्ना भएकी हुन् कि उनको गुप्तांगमा काठको बेल्ना थियो । काठको बेल्ना घुसार्ने उनकै श्रीमान हुन्, जो अस्पतालमा कुरुवा बसेका थिए । उनको गुप्तांगमा काठको बेल्ना फेला परेपछि चिकित्सकहरु नै तीनछक परे । ‘उनको भित्री अंग यति क्षतविक्षत भएको थियो कि यसबाट उनको मृत्यु नै हुनसक्थ्यो,’ चिकित्सकहरुको भनाइ छ ।

नेपालबाट उपचारका लागि भारत पुगेको यो जोडीबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भने यो जोडी नेपालबाट उपचारका लागि भारत पुगेको दाबी गरेका छन् ।

समाचारमा यो घटनालाई अन्धविश्वास र महिलाहिंसाको चरम नमूनाका रुपमा लिइएको छ । साथै यो स्थितिमा सामान्यतः महिलाको मृत्यु हुने भए पनि यी महिला बहादुर रहेको र मृत्युको मुखबाट बाँच्न सफल भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

बेलायतबाट प्रकाशित डेलीमेलका अनुसार यी महिलालाई २४ डिसेम्बरको साँझ अस्पताल लगिएको थियो । पेटमा पीडा भएको र सुन्निएको अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

डेली मिरर लेख्छ, अस्पताल लानु तीन दिनअघि उनका पतिले सन्तान दिन नसकेको भन्दै ४० सेन्टिमिटरको ‘बेल्ना’ले संवेनदशील अंगमा आक्रमण गरेका थिए । उनले गुप्तांगभित्रै बेल्ना छिराइदिएका थिए । यसबारे कसैसँग कुरा गरे मारिदिने धम्कीसमेत दिएका थिए । पीडित महिलाले भने लामो समयको कुराकानीपछि मात्रै आफूले भोग्नु परेको समस्या बताएकी थिइन् । श्रीमान नभएको अवस्थामा उनले श्रीमानले दिएको यातनाबारे सविस्तार भनेकी थिइन्, त्यसबेला यी महिला भक्कानिएर रोएकी थिइन् । उनको योनीभित्र ४० सेन्टिमिटरको बेल्ना फेला परेको थियो ।

घटनाको रहस्य खुलेपछि उनका श्रीमानलाई पक्राउ गरिएको छ भने उनलाई निःशुल्क उपचारको व्यवस्था गरिएको छ । राजधानी दैनिकबाट

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *