फिफा वर्ष खेलाडीमा रोनाल्डो दाबेदार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । रियल म्याड्रिडका पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो फिफा वर्ष खेलाडीको दाबेदारका रुपमा रहेका छन् ।

सोमबार सार्वजनिक हुन लागेको फिफा वर्ष खेलाडीमा रोनाल्डोलाई बार्सिलोनाका अर्जेन्टनी स्ट्राइकर लिओनल मेसीले कडा चुनौती दिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुसँग प्रतिस्पर्धामा अर्का एक खेलाडी छन्, जसको नाम हो– एट्लेटिको म्याड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोन ग्रेजम्यान ।

रोनाल्डा गत महिना मात्र बालोन डि’ओरबाट सम्मानित भएका थिए । गत महिना फ्रेन्च म्यागजिनले प्रदान गरेको बालोन डि’ओरमा उत्कृष्ट तीन दावेदारको रुपमा रोनाल्डो र मेसीसँगै ग्रेजम्यानको नाम पनि सार्वजनिक भएको थियो।

सन् २०१६ मा आफ्नो देशलाई युरो कपको उपाधि र क्लबलाई च्याम्पियन्स लिग जिताएका कारण रोनाल्डोको सम्भावना अत्याधिक रहेको छ।
गोल गर्न र गोलको मौका सिर्जना गर्न खप्पीस देखिएका मेसीको उपस्थितिमा बार्सिलोनाले सन् २०१६ मा ला लिगा र डेल रेको उपाधि भने जितेको थियो।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *