पूर्वाञ्चल कलेज प्रिन्सेस् र प्रिन्सको अडिसन शुक्रबारबाट

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । तेस्रो संस्करणको पूर्वाञ्चल कलेज प्रिन्सेस तथा प्रथम कलेज प्रिन्स हुने भएको छ । मोरङ विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी एड्होम एड्भटाइजिङको आयोजनामा यही पुस २९ गतेदेखि पहिलो चरणको अडिसन सुरु हुने जानकारी दिइएको हो ।

कलेजमा अध्ययरत किशोरीहरुमा भएको प्रतिभा उजागर गर्न तथा उनीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा १६ देखि २५ वर्ष उमेर समूहका किशोरीहरुले सहभागी गर्न पाउने छन् भने कलेज प्रिन्समा किशोरहरुको सहभागी रहने निर्देशक तथा कोरीयोग्राफर साजिद आलमले जानकारी दिए ।

कलेज प्रिन्सेसको विजेताले स्कुटर प्राप्त गर्नेछन् भने कलेज प्रिन्सले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकलले जनाएको छ ।

यस प्रतियोगिता विभिन्न अवार्डहरु समेत रहेको छ । कलेज प्रिन्सेसको फाइनल आगामी आउँदो फागुन १९ गते विराटनगरमा हुने र कलेज प्रिन्सको फागुन अन्तिम साता हुने जानकारी दिइयो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *