प्रधानमन्त्री बन्ने आशमा वामदेव गौतम माधवसँग लागेपछि भीम रावल केपी ओली क्याम्पमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । नेकपा एमालेमा दसौं महाधिवेशन जति जचि नजिक आइरहेको छ, नेताहरूबीच आन्तरिक ध्रुवीकरण पनि त्यही रफ्तारमा अघि बढेको छ । विगतदेखि नै एमालेमा दुई गुट रहँदै आएको छ । एउटा पार्टी अध्यक्ष केपी ओलीले गरिरहेका छन् भने अर्को वरिष्ठ नेता माधव नेपालको समूह छ ।

महाधिवेशन नजिकिँदै गर्दा एमालेमा एउटा क्याम्पका नेता अर्को क्याम्पमा प्रवेश गरी चुनाव जित्दै आएका छन् । यतिखेर भने सुरुदेखि नै माधव नेपाललाई सहयोग गर्दै आएका र सोही समूहबाट उपाध्यक्षमा चुनाव जितेका भीम रावलले क्याम्प चेन्ज गरेको कुराले एमालेमा हलचल ल्याएको छ ।

एमाले नेताहरूका अनुसार दसौं महाधिवेशनमा आफू पार्टीको शक्तिशाली पदमा पुग्ने चाहना राखेर भीम रावल केपी ओली समूहमा लागेका छन् । मुलुकको वर्तमान तरल राजनीतिक अवस्थाका कारण सरकार परिवर्तन हुँदा एमाले उपाध्यक्ष वामदेव गौतमले प्रचण्डपछि आफू प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् । सोही कारण उनले अध्यक्ष केपी ओली समूह छाडेर माधव नेपाल समूहमा प्रवेश गरेका छन् ।

पुस २२ गते शुक्रबार विपक्षी नौ दलको आमसभा सकिएलगत्तै साँझ एमाले उपाध्यक्ष वामदेव नेता नेपाललाई लिएर माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेका थिए । काठमाडौंका एक एमाले नेताको घरमा भएको भेटवार्तामा एमाले र माओवादी केन्द्रका नेताबीच अबको डेढ महिनाभित्र वामदेवलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकारको गृहकार्य थालिने आन्तरिक सहमति भएको स्रोतले बतायो ।

भीम रावल दसौं महाधिवेशनमा अध्यक्षमा ओली नउठ्ने भएमा ईश्वर पोखरेललाई अध्यक्ष बनाएर आफू शक्तिशाली महासचिव बन्ने र आगामी महाधिवेशनमा आफू अध्यक्ष बन्ने रणनीतिमा छन् । ‘माधव नेपाल समूहमा उनीपछि सुरेन्द्र पाण्डे अध्यक्षको लाइनमा रहेकाले पनि भीम रावलले सो समूहमा आफ्नो भविष्य नदेखेर ओली क्याम्प प्रवेश गरेका हुन्,’ एमालेका एक नेताले भने । ती नेताका अनुसार माधव समूहमा अहिले राजेन्द्र राई, जग्गनाथ खतिवडालगायतको हालीमुहाली भएको कुरालाई भीम रावलले मन पराएका छैनन् । ओली समूहमा लागे पनि रावलले तत्काल दुवै पक्षका नेतालाई चिढ्याउन चाहेका छैनन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.