नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २५ पुस । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेका हुन् ।

सन् २०११ मा फ्लोरिडा भर्ना हुनुभएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी  छन । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।

काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेकी थिइन्  । उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी छन । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *