ट्‍याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

कालीकोट, २५ पुस । जिल्लाको भर्ता गाविसमा अाइतबारराति ट्र्याक्टर दुर्घटनामा परी दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर सहचालक मान्म गाविस–२ निवासी १८ वर्षीया प्रेम नेपाली र मान्म–४ निवासी २१ वर्षीया देवी विक रहेका छन् ।

लु१त ५७२२ नंको ट्र्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खाजेपछि भर्ता गाविसको हुल्म बजारमा दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

अनुसन्धानका लागि गाडी साहु देवमणि आचार्यलाई प्रहरीले नियन्त्रणमा लिइएको बताइएको छ । रासस

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *