नेपालमा तीन दलले गरे धर्म युद्धको घोषणा (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । तीन राजनीतिक दलले धर्म युद्धको घोषणा गरेका छन् । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरेर राष्ट्रिय शिवसेना पार्टी, नेपाल शिव सेना पार्टी र नेपाल मातृभूमि पार्टीले धर्म युद्धको घोषणा गरेका हुन् ।

धर्म युद्ध अहिंसात्मक हुने दाबी गरेका उनीहरुले धर्म युद्धमा नेपाली जनता र सुरक्षाकर्मीबीच लडाईं नहुने बताएका छन् । नेपाली जनतालाई झुक्याएर नेपालको अस्तित्व गुमाउन उद्दत पछिल्ला राजनीतिक घटनाक्रमले धार्मिक युद्धको घोषणा गर्नुपरेको उनीहरुका भनाइ छ ।

वैदिक सनातन हिन्दू धर्मका लागि हुने धर्मयुद्ध हिन्दू धर्मका नाममा गलत काम गरेकादेखि क्रिश्चियन धर्मका एजेण्ट विरुद्ध हुने चेतावनी दिएका छन् ।

हिन्दूधर्मालम्बीलाई जबरजस्ती क्रिश्चियन बनाउने, आतंकवादी नेता, विदेशीको दलाल, भ्रष्टाचारी, राजा तथा राजसंस्थावादी बनेर राजसंस्था विरुद्ध काम गर्नेहरु विरुद्ध धर्म युद्ध केन्द्रित हुने उनीहरुको भनाइ छ ।  अहिंसात्मक धर्मयुद्धबाट हिन्दू धर्म पुनस्र्थापित गर्न नसकिए सशस्त्र धर्म युद्ध पनि गर्ने उनीहरुको चेतावनी छ ।

पत्रकार सम्मेलनमा राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रमबहादुर बमले सदियौँदेखि चलिआएको धर्मलाई विभिन्न आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न लगाएको भन्दै आफूहरुले धर्मयुद्धको घोषणा गर्नुपरेको बताए । साामूहिक गौहत्या, बलात्कार, भ्रष्टाचार, तस्करीलगायत नकारात्मक कार्य हेरेर बस्न नसकिने उनको चेतावनी छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *