नीशा अधिकारी र प्रज्वल गिरीको ‘तराई झरेर’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ पुस । प्रजातन्त्र दिवसको अवसर पारेर आउँदो फागुन ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरो देश’मा समावेश ‘तराई झरेर’ बोलको गीतको भिडियो सार्वजानिक भएको छ ।

सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार नीशा अधिकारी र प्रज्वल गिरीको अभिनय रहेको छ । सो गीतमा मधेस र पहाडको सम्बन्ध अझ मजबुत बनाउने देखाइएको छ ।

अप्सरा देवकोटा र रुपक चौधरीको स्वर, वीवी अनुरागीको संगीत, उदय सापकोटा’सुरेन’को शब्द गीतमा रहेको छ । देव नेपालको निर्देशन रहेको चलचित्र ‘मेरो देश’मा निशा र प्रज्जवलको साथै आयुष रिजाल, एलिजा प्रधान, ध्रुव कोइराला, निर शाहको पनि अभिनय रहेको छ । उदय सापकोटाले यो चलचित्रको निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *