साहस उर्जामा सञ्चालकका कारण शेयरधनी मर्कामा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । साहस उर्जा लिमिटेडले तेस्रो साधारण सभाको क्रममा संस्थापक शेयरधनीलाई ४० प्रतिशत शेयर थप गर्न नदिने निर्णय गरेपछि विवाद शुरु भएको छ । साहस उर्जाका अध्यक्ष हिमप्रसाद पाठकले कम्पनीको वार्षिक प्रतिवेदन पेश गर्दै आयोजनाको कार्य प्रगतिका बारेमा सेयरधनीलाई जानकारी गराएउदै संस्थापक सदस्यहरुले शुरुमा जम्मा गरेको ६० प्रतिशत शेयरलाई नै सय प्रतिशत मान्न गरेको आग्रहलाई शेयर सदस्यहरुले विरोध गर्दा गर्दे थप शेयर नदिने निर्णय गरेका थिए । झण्डै १ हजार जना शेयर सदस्य शुरुमा उपस्थित रहेपनि अधिकांश सदस्यहरु हिडिसकेपछि सो निर्णय गर्न हल समक्ष प्रस्ताव गर्दा उपस्थित शेयर सदस्यहरुले विरोध गरेका थिए ।

आयोजना प्रभावित जिल्लाका जनतालाई समेत गुमराहमा राखेर आयोजन बनाउन खोजेको भन्दै जिल्लावासीहरुलाई समेत सो साधारण सभामा आफ्ना धारणा राख्न नदिई साधारण सभा सम्पन्न भएको घोषणा गरिएको थियो । साधारणसभामा जिल्लावासीका तर्फबाट जिल्लाका सबै नागरिकलाई शेयर उपलब्ध गराउन माग गरिएको थियो । आयोजना प्रभावित क्षेत्रलाई विशेष प्राथामिकता दिनुपर्ने र जिल्लाका सबै नागरिकलाई शेयर दिनुपर्ने माग थिए । अध्यक्ष पाठकले साहस उर्जाले निर्माण गर्न लागेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोशी आयोजना निर्माणको काम सुरु भैसकेको जानकारी दिए ।

आयोजना निर्माण गर्न आवश्यक लगानी जुटाउनका लागि नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा विभिन्न बैंकको सामुहिक लगानी (सहवित्तीयकरण) मार्फत कुल लागत ११ अर्व ८६ करोड रुपैयाको ७० प्रतिशत ऋण लिने विषयमा सम्झौता भएकाले बाकी ४० प्रतिशत रकम संस्थापक शेयरका लागि धेरै भएको बताउदै नदिने जनाएका थिए । उपस्थित शेयर धनीहरुले अध्यारो बेलामा आफूको पैसामा टेकेर बैकको लगानी जुटाएपछि उज्यालो हुदा ठगी गर्न खोजेको भन्दै यो निर्णय लागु भए आफूहरुले अदालतको ढोका ढक्ककाउने समेत बताएका थिए । सोलुमा रहेका राजनीतिक दल र प्रशासनिक नेताहरुलाई आर्थीक प्रभावमा पारी उनीहरुले जनताको स्रोत साधानमाथि खेलाइची गर्न स्थानीय जनताको भनाई छ ।

सोमबार सम्पन्न साधारण सभामा सोलुवासीको न्यून उपस्थिति रहेको थियो । माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने सांसद गोपाल गिरीले स्थानीय वासिन्दाको समस्या समाधान नगरी आयोजना अगाडी बढ्न नसक्ने बताएका थिए । त्यस्तै एमाले सोलु जिल्ला कमिटिका उपाध्यक्ष डुफ कुमार वास्तोलाले सोलुवासीलाई शेयर उपलब्ध नगराई एकै पटक सर्वसाधारणका लागि मात्रै शेयर दिने कुराले समस्या उपत्नन गरेको बताएका छन् । ‘आयोजना सफल बनाउन जनताको साथ चाहिने भएकाले सोलुको प्राकृतिक स्रोत साधानको प्रयोग गर्ने तर जनताले त्यसको उपभोग गर्ने परिस्थिति बनेन भने राजनीतिक दलहरु टुलुटुलु हेरेर बस्दैनन जनताले उठाएका जाहेज मागलाई स्थापित गर्न जुनसुकै कदम चाल्नेछन’, एमाले सोलु उपाध्यक्ष बास्तोलाले भने ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *