‘आशिकी–२’की नायिका श्रद्धाको हिन्दी कमजोर

  •  
  •  
  •  
  •  
  •  

मुम्बई / एजेन्सी– हिन्दी फिल्ममा काम गर्ने केही कलाकार हिन्दी भाषामा कुरा गर्न गाह्रो मान्छन् । ‘आशिकी–२’ बाट बलिउडमा तहल्का मच्चाएकी श्रद्धा कपुर हिन्दीमा कमजोर छिन् । ‘म भारतीय नायिका हुँ, तर मेरो हिन्दी कमजोर छ,’ श्रद्धाले भनिन् । त्यसो त श्रद्धा पुनः आदित्य राय कपुरसँग रोमान्स गर्दै छिन् चलचित्र ‘ओके जानु’ मा । यो जोडीलाई ‘आशिकी–२’ मा निकै मन पराएका थिए दर्शकले । शाहरूख खान–काजोल, वहिदा रहमान र गुरुदत्तजस्तै आफ्नो र आदित्यको जोडीलाई पनि दर्शकले मन पराएको उनको बुझाइ छ ।

ओके जानु दुई युवाको कहानी हो, जो विवाह बन्धनमा बाँधिन चाहदैनन् तर लिभइनरिलेसनमा रमाउँछन् ।बैंगलोरमा नयाँ वर्षको अवसरमा महिलामाथि दुव्र्यवहार भएको घटनाप्रति श्रद्धाले कडा टिप्पणी गरिन् । त्यसरी दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो । राजधानीबाट

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *