सांसद्हरुको प्रश्न– सुन बोक्ने भरिया समातिन्छन्, मालिक कहाँ जान्छ ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । सांसद्हरुले सुन तस्करीमा मुख्य तस्कर पक्राउ नपरेको भन्दै कडा आपत्ति जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न नाकाबाट ठूलो परिमाणमा भइरहेको सुन तस्करीप्रति मंगलबार बसेको संसद्को अर्थ समिति बैठकमा सांसद्हरुले यसप्रति चासो देखाएका हुन् ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल उपस्थित बैठकमा समिति सभापति प्रकाश ज्वालाले हाकाहाकी सुन तस्करी हुनु राष्ट्रिय लज्जाको विषयमा भएको बताए ।

‘हाकाहाकी सुन तस्करी कसरी भो ? यो राष्ट्रिय लज्जाको विषय हो’, सभापति ज्वालाले प्रश्न गर्दै भने, ‘सुन बोक्ने भरिया समातिन्छन्, मुख्य मालिक कहाँ जान्छ ?

ज्वालाको तर्कमा सहमत हुँदै अर्थमन्त्री कृष्णबहादुर महराले पनि सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको धारणा राखे । सुन तस्करीमा ठूलै संगठित गिरोह रहेको र यसको सञ्जाल थुप्रै ठाउँमा हुनुपर्ने उनको भनाइ छ । साथै बैठकमा सांसद्हरुले सुन तस्करीप्रति चाँसो दिँदै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

यही पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुनसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *