चिसो मौसममा एकाबिहानै युवायुवती पेन्टी मात्र लगाएर निस्केपछि…

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कम्मरमाथि ज्याकेट, कोट, टोपी, स्कार्फलगायत न्यानो कपडा । तर कम्मर मुनी पेन्टी मात्र । खुट्टामा भने मोजा र जुत्ता ।

अचम्म । अचम्म नै सही, यो पनि एउटा दिवस बन्दैछ । यो दिवसको नाम ‘नो ट्राउजर्स अन द ट्युव डे’ हो । सन् २००१ देखि सुरु यो दिवस त्यसबेला न्युयोर्कका केही उरन्ठेउला केटाहरुले सुरु गरेका थिए । तर १६ वर्षको अवधिमा यसले विश्वका अधिकाँश व्यक्तिको ध्यान तान्दै छ । यो वर्ष १० हजार बढीले यसमा सहभागिता जनाएको अनुमान गरिएको छ । अंग्रेजी नयाँ वर्षको पहिलो आइतबार यो दिवस मनाउने गरिन्छ ।

लन्डनका भूमिगत ट्रेन स्टेसनहरुमा पनि आइतबार बिहान यस्तै अनौठो दृष्य देखियो । कम्मरमाथि पुरा लुगा लगाएका तर कम्मरमुनी अन्डरवेयर मात्र लगाएका युवायुवती देखेर अरुहरु छक्क परे र हेरिरहे । खासमा उनीहरु ‘नो ट्राउजर्स अन द ट्युव डे’ मनाउँदै रहेछन् । उनीहरुले माथि ज्याकेट, कोट, टोपी, स्कार्फ लगायत न्यानो कपडा लगाएका थिए भने खुट्टामा जुत्तामोजा लगाएका थिए ।

यस दिवसका एक अभियन्ता माकोर्भिक भन्छन्, ‘हामी आठ वर्षदेखि यो दिवस मनाइरहेका छौं । हाम्रो उद्देश्य मानिसहरुलाई हँसाउनु हो र त्यसको बदलामा उनीहरुका मिठा प्रतिक्रिया लिनु हो ।’राजधानीबाट

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *