बर्षको १५ दिन आफ्नी पत्निलाई छोडेर कस्को साथमा हुन्छन् अक्षय कुमार ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । बलिउडमा अनुशासित अभिनेताका रुपमा परिचित अक्षय कुमार ग्ल्यामर दुनियाँमा भएपनि पार्टी र मध्यपानबाट टाढा छन् ।

काममा व्यस्त भइरहने अक्षय आफूलाई फिट राख्छन् । सुन्दा अचम्म लाग्छ अक्षय हरेक बर्षको १५ दिन आफ्नो काम, फोन, पत्नि, घर परिवार छोडेर गायब हुन्छन् ।

उनी हरेक बर्ष देशको कुना कुनामा १५ दिनको लागि ध्यान बस्न पुग्छन् । ध्यान बस्ने क्रममा उनी सामाजिक कामदेखि आफ्नो व्यक्तिगत काम केही गर्दैनन् । यतिखेर अक्षय कुमार कोच्चि सहरबाट करिब एक घण्टा लाग्ने ठाउँमा ध्यान बसिरहेका छन् ।

१५ दिनको लागि ध्यानमग्न अक्षय १८ जनवरीमा फर्किने छन् । अक्षय अभिनित चलचित्र ‘जली एलएलबी २’ प्रदर्शनको क्रममा रहेको छ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *