तराई, पहाड र हिमाललाई एकताबद्ध गर्ने धर्मुस–सुन्तलीको अभियान (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २६ पुस । हास्य कलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) क्षेत्रीयता, जातीयता र भाषामाथि राजनीति गरिँदा नागरिकबीच आएको फाटोलाई जोड्ने अभियानमा लागेका छन् ।

भूकम्प पीडितहरुलाई घर निर्माण गरेर मन जितेका उनीहरु अहिले मोहत्तरीको बर्दिवास–२ का मुसहर समुदायलाई ५० वटा सुविधा सम्पन्न घर निर्माण गर्ने अभियानमा लागेका हुन्  । धुर्मुस सुन्तली फाउन्डेसनको नामबाट तेस्रो एकीकृत नमुना बस्ती निर्माणमा जुटेका उनीहरुले सहयोगीहरु पनि प्रशस्तै भेटेएको बताए ।

२०७३ साल पुस २५ गते तेस्रो एकीकृत नमुना बस्ती निर्माणको शिलान्यास गरिएको छ । २०७४ साल वैशाख १ गते मुसहर समुदायलाई घर हस्तान्तरण गर्दा मुसहरहरुमा हाउने हाँसो सिङ्गो मुलुकको हाँसो हुने धर्मुस बताउँछन् ।

राजनीतिक दलका नेताहरुले नागरिकमा फाटो ल्याएका बेला थालेको मुसहर बस्ती निर्माणले तराई, पहाड र हिमाललाई जोड्ने अभियानको रुपमा आफूले लिएको धुर्मुसले बताए ।

बर्दिवासको मुसहर बस्तीमा तेस्रो प्रोजेक्ट सुरु गर्दै धुर्मुस सुन्तली फाउन्डेसन, मह जोडीले उद्घाटन गर्ने

सडक, बिजुली, खानेपानी र सरसफाइको पूर्वाधारसहितको ५० वटा घर, मन्दिर र सामुदायिक भवन रहने एकीकृत नमुना बस्ती चार करोड ७८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

नागरिकमा पलाउँदै गएको द्वेषको भावना कम गर्न लागिपरेका धुर्मुस सुन्तलीको अभियानको अहिले चौतर्फी तारिफ गरिन थालेको छ । उनीहरुबाट राजनीतिक दल र नागरिक समाजहरुले देश विकास र नागरिकहरुलाई एकसुत्रमा बाँध्ने उपाय सिक्ने कतिपयले तर्क गरेका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *