पृथ्वीनारायण शाहले सामन्ती र एकात्मक राज्य बनाए – प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

चितवन, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामन्ती र केन्द्रीकृत राज्य विस्तारमा पृथ्वीनारायण शाहको योगदान रहेको बताएका छन् ।

चितवनको भरतपुरमा रहेको भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नेपालको केन्द्रीकृत राज्य निर्माणमा पृथ्वीनारायणको योगदान छ । तर, उनले बनाएको राज्य एकात्मक र सामन्ती राज्य नै हो ।’

भुरेटाकुरे राज्यहरुलाई केन्द्रीकृत गरेर बलियो राज्य बनाएका पृथ्वीनारायणको अधिमूल्यन र अवमूल्यन दुवै गलत हुने भन्दै उनले भने, ‘पृथ्वीनारायण शाहले राज्य बिस्तार मात्रै गरे वा राष्ट्रिय एकताको पनि नेतृत्व गरे ? यो नेपाली राजनीतिमा अहिले पनि बहसकै विषय छ । यो बहसको निरुपणले मात्रै पृथ्वीनारायणबारे सही निष्कर्षमा पुग्न सकिन्छ ।’

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *