न्याय परिषद् बैठक बिहीबार

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, २६ पुस । उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको मंगलबारकाे बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएता पनि सो हुन सकेन । सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.