पूर्वराजा ज्ञानेन्द्रप्रति ओली सकारात्मक– ज्ञानेन्द्रको देशप्रति माया मात्रै हो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला विज्ञप्तिहरुले राजनीतिक तहमा तरङ्ग ल्याउने गरेको छ । राजनीतिक दलका शिर्षनेताहरु ज्ञानेन्द्र शाहप्रति कटाक्ष प्रस्तुत गर्दै देशको दूर्गति उनी र उनको पूर्खाका कारण भएको आरोप लगाउँदै आएका छन् ।

मुलुकबाट राजसंस्था अन्त्य भएको दश वर्ष पुग्दानपुग्दै नागरिकस्तरमा राजसंस्था र ज्ञानेन्द्रको पूर्खाहरु पृथ्वीनारायण शाह, त्रिभुवन, महेन्द्र र वीरेन्द्रको योगदानको खुलेरै प्रसंशा र तारिफ गर्न थालिएको छ । राजसंस्था अन्त्यका लागि सक्रिय भएका राजनीतिक दलका नेताहरु अहिले सकारात्मक प्रतिक्रिया दिन थालेका देखिन्छन् ।

पुस २७ अर्थात पृथ्वीजयन्तीमा सार्वजनिक विदा दिनुपर्ने प्रमुख दलका शीर्ष नेताहरुले संसद् आवाज उठाउन थालेका छन् । ज्ञानेन्द्रको भ्रमण र विज्ञप्तिलाई अकुंश लागउन पर्ने यसअघिका उनीहरुको विचारमा परिवर्तन आउन थालेको छ ।

यसैक्रममा पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलबार एक सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले भाषा, संस्कृति, धर्म र पहिचानका आधारहरु भत्काउने खेल भइरहेको भन्दै राष्ट्रिय एकता, शान्त र समृद्ध नेपालका लागि राष्ट्रिय झण्डामूनी गोलबद्ध हुन आह्वान गरेका थिए ।

राष्ट्रिय झण्डामूनी गोलबद्ध हुन पूर्वराजा ज्ञानेन्द्रको आह्वान (विज्ञप्ति सहित)

यसलाई कतिपयले राजाको हैसियतमा विज्ञप्ति आएको भन्दै ज्ञानेन्द्रको आलोचना गरिरहेका बेला संसद्को प्रमुख दोस्रो तथा विपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सकारात्मक देखिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको मंगलबार आएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार भएको ओलीको टिप्पणी छ । झापाको दमकमा बुधबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो ।’

ज्ञानेन्द्रको सार्वजनिक विचार देशको माया लक्षित रहेको ओलीको भनाइले ज्ञानेन्द्रको सार्वजनिक विचारलाई प्रतिगामी कदममा नलिई साधारण नागरिकको धारणाको रुपमा लिन थालिएको प्रष्ट बुझिन्छ ।

हामी मरे पनि नेपाल बाँचिरहोस् भन्दै पूर्वराजा ज्ञानेन्द्रले गरे आह्वान– राष्ट्र बचाउन अब जनता जाग्नुपर्छ

राजसंस्थाको अन्त्य लगत्तै मठमन्दिरमा दर्शन गर्न जाँदा अकुंश लगाउनु पर्ने तर्क गरेका तत्कालीन राजनीतिक दलका शीर्ष नेताहरु ज्ञानेन्द्रलाई नागरिकको हैसियतमा हेर्न र उनको गतिविधिलाई सोही रुपमा लिन थालेका हुन् ।

आफ्ना प्रत्येक विज्ञप्तिमा निषेधको राजनीतिले निकास नदिने बताउँदै आएका ज्ञानेन्द्रले दलहरुका कारण राष्ट्रिय एकता, प्रजातन्त्र र मुलुकको मूल्यमान्यता धरापमा पर्र्दै आएको बताउँदै आएका छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *