राष्ट्रसङ्घीय कोषबाट ६ महिनामा रु ५८ लाख खर्च

  •  
  •  
  •  
  •  
  •  

बैतडी, २७ पुस । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले गएको ६ महिनामा विभिन्न चारवटा सरकारी कार्यालयमार्फत बैतडीमा रु ५८ लाख २२ हजार दुई सय ६९ खर्च गरेको जनाएकोे छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको सहयोग गएको २०१६ जुलाईदेखि डिसेम्बरसम्म सञ्चालन गरिएका कार्यक्रममा जिविस, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र महिला तथा बालबालिका कार्यालयमार्फत विभिन्न कार्यक्रमका लागि खर्च गरिएको जनाइएको छ । जिविसमार्फत युवा सञ्जाल गठन, योजना तर्जुमा प्रक्रिया, जनसङ्ख्या गतिशीलता, तथ्याङ्क व्यवस्थापन लगायतका कार्यक्रमका लागि रु नौ लाख ३५ हजार आठ सय ५० खर्च भएको हो ।

यस्तै, महिला तथा बालबालिका कार्यालयमार्फत लैङ्गिक हिंसा न्यूनीकरण, सुरक्षित आवास गृह सञ्चालन, बालविवाह न्यूनीकरण लगायतका क्षेत्रमा रु २६ लाख ६४ हजार चारसय १९ खर्च भएको महिला विकास अधिकृत अनिता बुढाऐरले जानकारी दिइन् ।

जिल्ला स्वास्थ्य कार्यालयमार्फत किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, सुरक्षित मातृत्व लगायतका क्षेत्रमा रु २२ लाख २२ हजार खर्च भएको परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिए ।

कोषको सहयोगमा सञ्चालित कार्यक्रमले समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि सहयोग गरेको, किशोरकिशोरीको क्षमतामा अभिवृद्धि भएको, लैङ्गिक हिंसामा परेकालाई सहयोग भएको स्थानीय बासिन्दाले बताएका छन् । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *