चैत ११ मा निखिल, रेखा र दयाहाङको भिडन्त

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । एक्सन अभिनेता निखिल उप्रेती अभिनित चलचित्र ‘निर्भय’को औपचारिक प्रदर्शन मिति तय भएको छ । आउँदो माघ २८ गते प्रदर्शनमा आउने भनिएको निर्भयलाई निखिल अभिनित ‘किङ’ यहि पुस २८ गतेबाट प्रदर्शन आउने भएपछि चैत ११ मा पुर्याइएको छ ।

मधुसुदन भट्टराईको निर्देशन रहेको निर्भयमा निखिलको साथमा नीता ढुङ्गाना, प्रज्वल गिरी, विकास चापागाईंलगायतका कलाकारको अभिनय रहेको छ । सार्वजानिक पोस्टरमा निखिल र नीताको प्रेमभावलाई देखाइएको छ । ‘निर्भय’मा कथा यम थापाको छ ।

यसैबीच निखिलको अभिनय रहेको निर्भयले चैत्र ११ लाई प्रदर्शन मिति तय गर्दा उक्त दिन सिंगल स्क्रिनको बादशाह मानिने निखिल र अभिनेत्री रेखा थापाबीच टक्कर हुने भएको छ ।

रेखा थापाको भिलेन अवतार रहेको चलचित्र ‘डायरी’ चैत ११ गते नै आउँदैछ भने यता सोही मितिमा दयाहाङ राई, सौगात मल्ल अभिनित चलचित्र ‘लप्पन छप्पन’ पनि आउँदैछ ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *