प्राधिकरणका प्रमुख ज्ञवाली बर्खात, डा. गोविन्द पोख्रेल नियुक्त

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

सिंहदरबारस्थित प्रधानमनत्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गर्दै प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा. गोविन्द पोख्रेललाई नियुक्त गरेको छ ।

दुई पटक सोधको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ज्ञवालीलाई बर्खास्त गरेर सरकारले कांग्रेसको प्रस्तावमा डा. पोख्रेललाई पुनर्निर्माण प्राधिकरणमा नियुक्त गरेको हो ।

ज्ञवाली केपी ओली नेतृत्वको सरकारको पालामा पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । ज्ञवालीले एमालेको निर्देशन अनुसार काम गरेको भन्दै उनीसँग स्पष्टीकरण सोधेको थियो ।

जवाफ ज्ञवालीले सरकारकै असहयोगका कारण काम गर्न नसकिएको बताएका थिए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.