रामेछापमा टिपर दुर्घटना, एकको मृत्यु

  •  
  •  
  •  
  •  
  •  

रामेछाप, २७ पुस । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीकोे भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो ।

आज बिहान भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । अरू दुईजनाको रामेछापमै उपचार भइरहेको छ । दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ । रासस

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.