प्रचण्डकै अगाडि ओलीको आरोप– माओवादीका कारण पृथ्वी जयन्तीका दिन विदा दिन सकिएन (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका कारण पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन नसकिएको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा बुधबार काठमाडौंको भृकुटी मण्डपमा राप्रपाले गरेको चियापान कार्यक्रममा उनले आफू प्रधानमन्त्री पृथ्वी जयन्तीमा विदा दिन चाहेपनि माओवादीका कारण नसकिएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी सो कार्यक्रममा ओलीले भने, ‘आफू प्रधानमन्त्री हुँदा पृथ्वी जयन्तीमा विदा दिन खोजेको थिएँ । तर, सत्तारुढ(माओवादी) दलहरुबीच सहमति हुन सकेन ।’

पृथ्वीनारायण शाह राष्ट्रनायक रहेको भन्दै ओलीले राष्ट्रिय एकता र एकीकरणको पृथ्वीनारायणको अभियानलाई अघि बढाउनु पर्ने बताए ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *