प्रचण्डको नजरमा– पृथ्वी नारायण शाह केन्द्रीकृत राज्य निर्माता(भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बलियो केन्द्रीकृत राज्य निर्माताको रुपमा पृथ्वी नारायण शाहलाई सम्झिएका छन् ।

पृथ्वी जयन्तीको अवसर पारेर बुधबार राप्रपाले काठमाडौँमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पृथ्वी नारायण शाहको राष्ट्रिय एकता र एकीकरणको अभियानलाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्ने बताए ।

राजसंस्था अन्त्यका लागि दश बर्ष सशस्त्र युद्धको नेतृत्व लिएका र पृथ्वीनारायण शाह लगायतका राजाहरुको शालिक तोड्ने कार्यकर्ताको नेता रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘पृथ्वीनारायण शाहले बलियो केन्द्रीकृत राज्य निर्माणमा खेलेको भूमिकालाई ऐतिहासिक भौतिकवादले सकारात्मकरुपमा हेर्छ ।’

पृथ्वी नारायण शाहको योगदानको कदर गर्न सार्वजनिक विदाको व्यवस्थाका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी विदाबारे पुनरावलोकन गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको र समिति पनि गठन गरेको उनको भनाइ छ । ०६२/०६३ को आन्दोलनपछि विदाको स्पष्ट नीति नबनेको प्रधानमन्त्री प्रचण्डले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *