राप्रपाको निम्त्यो मान्न पुगेका डा. भट्टराईले बिर्सिए कमल थापाको पार्टीको नाम (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रियता सबैको साझा विषय भएको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा बुधबार राप्रपाले काठमाडौंमा गरेको चियापान कार्यक्रममा डा. भट्टराईले नेपाल अभिभाज्य र अखण्ड राज्य रहेको बताए । नेपालको राष्ट्रिय एकता र स्वाधिनताको रक्षामा जोड दिएका उनले भने, ‘नेपाल नै नरहे हामी नेपाली रहँदैनौं । र, हाम्रो पार्टी पनि रहँदैन ।’

सबै जात, जाति तथा समुदायले अपनत्व गर्ने अवस्था सृजना गर्नुपर्ने बताएका उनले चियापान कार्यक्रम आयोजना गरेको भन्दै राप्रपालाई धन्यवाद दिन खोज्दा पार्टीकै नाम नै बिर्सिए । कार्यक्रममा सँगै बसेका राप्रपाका अध्ययक्ष कमल थापालगायतका नेताहरु हाँसेका थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *