नायिका रेखाले भनिन्– राष्ट्रवाद मनमा र फेसबुकको भित्तामा भर्दैमा हुँदैन (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । चर्चित नायिका रेखा थापाले एकीकृत राष्ट्रका लागि युवाहरुलाई जाग्न आह्वान गरेकी छिन् ।  पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा बुधबार राप्रपाले गरेको चियापान कार्यक्रममा नायिका रेखाले सबै नेपालीलाई संघीयता नभई सिङ्गो राष्ट्र चाहिएकाले यसका लागि जागरुक हुन युवाहरुलाई आह्वान गरेकी हुन् ।

आयातित पर्वहरुमा रमाएपनि आफ्नै मौलिक पर्व र दिवसप्रति उपेक्षा गरिएको भन्दै आपत्ति जनाएकी रेखाले प्रश्न गर्दै भनिन्, ‘आफूलाई राष्ट्रवादी सम्झने युवाले अरुको पर्व हर्षाेल्लासका साथ मनाउँछन्, तर हामीले मनाउनु पर्न पर्वमा किन फेसबुकका भित्ताहरु मात्रै भरिन्छन् ?’

सरकारले पृथ्वी जयन्ती नमनाउँदा र सार्वजनिक विदा नदिँदा विरोध नभएको युवाहरुमा आक्रोश पोखेकी उनले भनिन्, ‘राष्ट्रवादी मनमा र फेसबुकको भित्तामा भर्दैमा हुँदैन । फेसबुकको भित्ता भर्दैमा राष्ट्रवाद झल्किँदैन ।’ राप्रपाको नेतृ समेत रहेकी नायिका रेखाले एकीकृत राष्ट्र चाहिएको हो भने युवाहरु जाग्नु पर्ने दोहोर्याइँन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *