खुँखार लुटेरा टिका थापा पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । श्रंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका रामेछाप दोरोम्बाका सागर भन्ने टिका थापा मगरलाई प्रहरीले खुँखार लुटेराको आक्षेप लगाएको छ ।

काठमाडौं उपत्यकाका र यसको आसपासका जिल्लामा भएका चोरी घटनामा संलग्न भएको भन्दै २९ टिकालाई खुँखार लुटेराको आरोप महानगरी अपराध महाशाखाले लगाएको छ । प्रहरीका अनुसार चोरीको आरोपमा अहिलेसम्म ६ पटक पक्राउ परेका उनी धरौटीमा छुट्ने वा केही समय जेल बस्ने गरेका थिए ।

पछिल्लो पटक बानेश्वरको हृवाइट हाउस अगाडि सरस्वती आचार्यको झण्डै १९ लाख चोरेको आरोपमा ७ असार २०७२ मा चोरी तथा डाँका मुद्दामा उनी पक्राउ परेका थिए । तर, २६ लाख धरौटीमा छुटे लगत्तै फेरि चोरीमा सक्रिय भएको पाइएको महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो पटक उनी १४ वटा चोरीका घटनामा संलग्न देखिएको छ । उनले मोटरसाइकलको प्रयोग गरेर विभिन्न बैंक तथा मनी ट्रान्सफरबाट रकम निकालेका मानिसलाई पिछा गर्ने र एकान्त स्थान पारी रकम लुटेर भाग्ने गरेको आरोप लगाइएको छ ।

उनले कात्तिक ८ गते बनेपामा कन्ट्री डेभलपमेन्ट बैंकमा जम्मा गर्न लान लागेको ३७ लाख रुपैयाँ चोर्ने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसको १० दिनपछि भक्तपुरको राधेराधे मन्दिर नजिक मायादेवी उप्रेतीको ९३ हजार पनि उनैले लुटे ।

मंसिर ५ गते कटुन्जेको एक मनी ट्रान्सफरबाट ३ हजार ६६९ रकम लिकालेर जाँदै गरेकी सुस्मिता सुवेदीको रकम लुटपाट घटनामा पनि टिकाकै संलग्नता देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार मंसिर १९ गते पवित्र नगरमा यमकला भण्डारीले सहकारीबाट निकालेको ३ लाख ६० हजार लुटपाटमा पनि उनको संलग्नता देखिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *