धरानमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल सुरु

  •  
  •  
  •  
  •  
  •  

आर्यन बिमली, धरान, २७ पुस धरानमा बुधबारबाट ‘इन्टरनेशलन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु भएको छ । २७ पुसदेखि २ माघसम्म चल्ने महोत्सवमा १३ देशका ४७ वटा वृत्रचित्र, लघुचलचित्र,कथानाक चलचित्र देखाईने छ । महोत्सवको उद्घाटन तीन देशका जुरीहरु सिइ फेइ, लक्ष्मीनाथ शर्मा र महानायक राजेश हमाल, तासामिया आदरिनलले  संयुक्त रुपमा गरे ।

चलचित्र महोत्सवको उद्घाटन शिक्षामन्त्रि धनीराम पौडेलले उद्घाटन गर्ने कार्यतालिका थियो । तर मौसम खरावीले मन्त्रि पौडेल नआए पछि महोत्सका चार जुरीले संयुक्त रुपमा गरेका थिए । बंगलादेशी निदेर्शक सिइ फेइले टेक वान, शर्माले सर्ट वान, चिनिया चलचित्र निर्देशक फेईलेले एक्सन र राजेश हमालले क्लाप ठोकेका थिए ।

सुरुमा महोत्सव उद्घाटन पछि मात्रै चलचित्र देखाउने भनिए पनि प्रमुख अतिथि समयमा नआएपछि ४ वटा फिल्म देखाइएको थियो । महोत्सवको पहिलो दिनको पहिलो सत्रमा ‘म अलप हुन चाहन्छु’, जेम समाज, ब्लांक पेज र ट्रयांकुलिटी अफ ब्लड देखाइएको थियो । ४ वटा चलचित्र देखाए पछि बल्ल कार्यक्रमको उद्घाट्न गरियो । उद्घाटनपछि एक्ट्रा टाइम्स, हरेरामकी आमा, सि ओ से पोल समेत देखाईएको थियो ।

अभिनेता राजेश हमालले महोत्सव आयोजनाले दर्शकमा चलचित्र हेर्ने बानी बसाल्ने बताए । ‘यस्तो चलचित्र महोत्सवले दर्शकलाई चलचित्र हेर्ने बानी बसाल्ने छ, संसारको समाज, सस्कृति, राजनीतिबारे बुझ्न मद्दत गर्ने छ ।’– अभिनेता हमालले भने । उनले महोत्सवलाई सफल बनाउन स्थानिय दर्शकको ठूलो सहयोग आवश्यक पर्ने बताए । चिनिया निर्देशक सि ई फेईले नेपाल सुन्दर देश भएको बताउदै यस्तो महोत्सवले दर्शकलाई मनोरञ्जन साथै शिक्षा दिने बताए ।

धरान चलचित्रको उर्भर भूमी भए पनि अन्र्तराष्ट्रिय चलचित्र महोत्सवको पहिलो दिन दशर्हकको संख्या निकै पातलो थियो । कार्यक्रममा महोत्सव आयोजक अखिल नेपाल चलचित्र संघका अध्यक्ष केपी पाठकले नेपाली चलचित्र धेरै हेरिने धरानमा महोत्सव हुदा निकै पातलो भएकोमा असन्तुष्टि पोखे । कार्यक्रम आयोजना गर्ने बेला आफुहरुलाई साथ दिन्छौ भन्नेहरु समेत नभएकोमा गुनासो पोखे । ‘काठमाणडै मात्र महोत्सवका लागि योग्य होईन भनेर धरानमा आयोजना गरेका हौ, तर पहिलो दिन निकै मानिस कम आए, ।’– उनले भने ।

महोत्सवको पहिलो दिन प्रथम सत्रमा मानवशास्त्री डोरबहादुर विष्टको विषयबारे निर्माण गरिएको ‘म अलप हुन चाहन्छु’ वृतचित्र देखाईएको थियो । वृतचित्रलाई उपस्थित दर्शकहरुले निकै तारिफ गरेका थिए । जुरीद्वय राजेश हमालर सिइ फेइले बृत्तचित्र उत्कृष्ट र सन्देशमुमलक भएको प्रतिक्रिया दिएका थिए । वृत्तचित्रको निर्देशन सचिन घिमिरे र गौरव केशीले गरेका हुन । नेपालको समाजशास्त्र र मानवशास्त्रका प्रथम अध्येता विष्टको अन्तिम अवस्था कहाँ कसरी टुङगियो उनले नेपालको मानवशास्त्रमा गरेका कामबारे देखाईएको छ ।

पाँचदिनसम्म चल्ने फेष्टिभलमा देशविदेशका गरी ४७ फिल्महरु प्रदर्शन हुँदै छन् । यो फेष्टिभलले एकअर्का देशको साँस्कृतिक, धार्मिक, राजनीतिक बिचारहरु आदानप्रदान हुने विश्वास चलचित्र निर्माता निर्देशकहरुले लिएका छन् । ‘एक देशको भाषा, संस्कृतिहरु आदानप्रदान हुनेछ ।’ कार्यक्रमका संयोजक एवं चलचित्र निर्देशक दीपक श्रेष्ठले भने । फेष्टिभलमा नेपाल, भारत, बंगलादेश, रसिया, जर्मनी, इरान, टर्की, इजिप्ट, चीनलगातयत फिल्महरु प्रदर्शन भइरहेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *