फेरि सरकार विस्तारको तयारीः थापा र गच्छदार उपप्रधानमन्त्री बन्ने

  •  
  •  
  •  
  •  
  •  

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको हो ।

संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने र दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थापा र गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको हो ।

तर यस विषयमा सत्तासाझेदार दलहरुबीच नै कुरा मिलेको छैन । मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा माओवादी केन्द्र र कांग्रेसबीच कुरा मिले पनि मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेको हो ।

प्रधानमन्त्री दाहाल चारदिने युएईको भ्रमणमा जानुअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । उनी माघ १ गते उन्तर्राष्ट्रिय उर्जा सम्मेलनमा भाग लिन युएई जाँदै छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *