सुन तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थलका दुई अधिकृत पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । अवैध सुन तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतद्वय श्रीनारायण यादव र राजकुमार ढकाल पक्राउ परेका छन् ।

त्रिभुवन बिमानस्थलको भन्सारबाट पास भएको ३४ किलो अवैध सुन सहित तीन जना भरिया यही पुस २१ गते पक्राउ परेका थिए । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

सुनको असली मालिकको खोजीलाई तिव्रता दिइरहेको सीआईबीले बिहीबार दुई जना भन्सार अधिकृतहरुलाई उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

यसअघि भन्सार विभागले २९ कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको थियो ।दुबईबाट ३४ किलो सुन लिएर नेपाल आएका गोपाल बहादुर शाही र सुन रिसीभ गर्न कार चढेर गएका दिलबन्धु थापा र सन्तोष काफ्ले पुस २१ गते पक्राउ परेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *