नेपालको संक्रमणकाल अन्त्य हुँदै– प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । दलीय ध्रुवीकरण बढेर संविधान कार्यान्वयन हुन नसकिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको बताएका छन् ।

नेपाल, भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुसँग बिहीबार भएको सामूहिक भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपाल राजनीतिक संक्रमणको अन्त्यतिर आएको छ । नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेस जगतको निकै ठूलो भूमिका छ ।’

प्रेसको सकारात्मक भूमिकाका कारण मौलिक ढंगबाट शान्ति प्रक्रिया टुंग्याउन र संविधान जारी गर्न सकिएको भन्दै उनले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेको र प्रेस नै लोकतन्त्र र सुशासनको आधारस्तम्भ रहेकोमा सरकार स्पष्ट रहेको बताए ।

२१ औं शताब्दी सूचना प्रविधिको युग भएको भन्दै उनले यसलाई विश्वस्तर र दक्षिण एसियामा संगठित गरेर अगाडि बढ्ने प्रयास गरेको भन्दै प्रेस काउन्सीलको प्रतिनिधिहरुको प्रशंशा गरे । ‘नेपाल सरकार त्यसका लागि हातेमालो गर्न तयार छ,’ उनले भने ।

भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिहरु साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद लगायत थिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *