संविधान संशोधन नेपालको आन्तरिक मामला– चीन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । नेपालको पछिल्लो राजनीतिकलगायतको अवस्था प्रति छिमेकीसहितका मुलुकहरुको चासो बढ्दै गएको छ ।

मधेशी दलहरुको माग पूरा गर्ने निहुँमा संविधान संशोधनमा दक्षिणी छिमेकी मुलुक भारतले हस्तक्षेप सहित दबाब दिएको चर्चा चलिरहेका बेला उत्तरी छिमेकी चीनले भने संविधान संशोधन र कार्यान्वयन नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहीबार भेट गर्दै नेपालका लागि चिनियाँ राजदूत यू हङले संविधान संशोधन र कार्यान्वयन नेपालको आन्तरिक मामला भएको बताएकी हुन् ।

नेपाल निवास कोटेश्वरमा बिहीबार भएको भेटमा राजदूत होङले सार्वभौम मुलुक नेपालले आन्तरिक विषय आफ्नै मौलिक विशिष्टिताका आधारमा हल गर्ने विश्वास व्यक्त गरिन् ।

आन्तरिक विषयलाई आफैंले हल गरेर नेपाल अघि बढ्ने विश्वास व्यक्त गर्र्दै उनले भनिन्, ‘नेपालले संविधान सफलतापूर्वक कार्यान्वयन गर्न सकोस् भन्ने चीनको शुभेच्छा छ ।’

भेटवार्ताका क्रममा नेता नेपालले एक चीन नीतिमा नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाए । साथै उनले नेपाल र चीनको सम्बन्ध समधुर र ऐतिहासिक रहेको भन्दै थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *