सांसद् रामहरि खतिवडाले घडी चोरेकै हुन् ?, घडी धनी प्रवलको यस्तो विज्ञप्ति

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । पूर्वप्रधानमन्त्री छत्रमानसिंह गुरुङका छोराको घडी सांसद तथा कांग्रेस नेता रामहरि खतिवडाले चोरेको हल्लाकाबीच घडी धनी प्रवलमानसिंह गुरुङले सो घट्नामा खतिवडाको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरेर प्रवलले घडी काण्डले सांसद् खतिवडाको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गरेका छन् ।

पुस २० गते क्लबको चेन्जिङ रुममा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको प्रवलले विज्ञप्ति मार्फत जनाएका छन् ।

आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको सो घडी आफूले लगाएको र यही पुस २० गते हेल्थ क्लबमा हराएको प्रवलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *