फिफा वरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । फिफाको विश्व वरियतामा नेपाल ६ स्थान मागि उक्लिएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल ६ स्थान माथि उक्लिँदै १७५ औं स्थानमा पुगेको छ ।

अघिल्लो महिना नेपाल १८१ औं स्थानमा रहेको थियो । नयाँ वरियता अनुसार नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत ६ स्थान उक्लदै १२९ औं स्थानमा, माल्दिभ्स ९ स्थान उक्लँदै १४५ औं र ५ स्थान तल झरेको अफगानिस्तान १ सय ५१ औं स्थानमा रहेको छ ।

यस्तै नयाँ बरियतामा नेपालभन्दा तल भुटान १७६, बंगलादेश १९०, श्रीलंका १९६ औं र पाकिस्तान १९७ औं स्थानमा रहेका छन् । नेपालले मलेसियामा सम्पन्न सोलिडारिटी कप जितेसँगै बरियतामा सुधार आएको हो ।

फिफाको नयाँ वरियताको शीर्षस्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन् । त्यस्तै चौथोबाट क्रमशः चिली, बेल्जियम, कोलम्बिया, फ्रान्स, पोर्चुगल, उरुग्वे र स्पेन दशौंमा छन् ।

olizstore
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Comment moderation is enabled. Your comment may take some time to appear.