स्ववियु निर्वाचन जनमत नाप्ने ब्यारोमिटर– प्रधानमन्त्री

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २८ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जनमत नाप्ने ब्यारोमिटर हुने बताएका छन् ।

पार्टीको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लामो समयदेखि स्ववियुको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताए ।

गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोचको विकासका लागि पनि स्ववियु निर्वाचन गर्नुपर्नेमा जोड दिएका उनले स्थानीय निर्वाचनपूर्व हुन लागेको स्ववियु निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर हुने धारणा राखे । यही सोच र जिम्मेवारी बोध सहित निर्वाचनमा होमिन विद्यार्थी कार्यकर्तालाई प्रचण्डले निर्देशन दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *