गायक हेमन्त राना भन्छन्, रेस्टुरेन्ट र बारमा गाउँदा गाउँदै सफल गायक भएँ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। ‘सुन साइँली साइँली, परदेशबाट म आउँला…सुन साइँली चालीस कटेसी रमाउला…’ । पछिल्लो समय हेमन्त रानाले गाएको यो गीतले निकै चर्चा बटुल्दै गएको छ । तीन वर्ष अगाडि सपनाको सहर मानिने अमेरिका हानिएका गायक राना केही महिनादेखि नेपालमै छन् । उनी आफ्नो एल्बम निकाल्नैका लागि स्वदेश आएका थिए । एल्बमको पहिलो गीत ‘साइँली’ यत्तिकै तयार भएका कारण उनले कुनै प्रमोसनविनै युट्युबमार्फत गीत सार्वजनिक गरेका थिए ।

हेमन्त भन्छन्, ‘यो गीतले यति धेरै माया पाउला भन्ने सोचेका थिएनौं । अमेरिका बसाइको साथमा मेरो कमब्याक गर्न पनि राम्रो गीतको आवश्यकता थियो । मेरो पुरानो साथी कालीप्रसाद बासकोटासँग कुरा गरेको थिएँ । उनले यो गीत लेखेका रहेछन् । उनले नै मलाई प्रेरित गरेका थिए यो गीत गाउन । मैले आवाज मात्र दिएको छु । शब्द तथा संगीत कालीप्रसादको नै हो । मेरा पुराना दिनदेखि आज म जहाँ छु, उनकै साथले पनि छु ।’

नेपालगन्जदेखि काठमाडौँसम्म उसु सिक्न भनेर आएका थिए । सानैबाट उसु खेलाडी रहेका उनी आफ्नो देशको झन्डा विश्वसामु फहराउन चाहन्थे । ‘सानैदेखि उसुको विद्यार्थी । काठमाडांैमा केही गर्न सक्छु भन्ने सोचले आएको थिएँ । करिब नौ वर्षसम्म उसु खेलाडीको रूपमा रहें । उसु खेल्दाखेल्दै संगीतमा कसरी जोडिए अहिले सम्झिँदा अचम्म लाग्छ । उसुका लागि भनेर आएको त्यहाँ गुनगुनाउँदा सबैले वाहवाही गर्दथे । हामी मान्छेको बानी एक दुईजनाले राम्रो भयो भन्दैमा हो जस्तो लाग्छ । त्यसरी नै बाटो कसोकसो गरेर जोडिँदै गयो । बिना योजना संगीतमा जोडिन पुगें । मेरा हरेक क्रियाकलापले मलाई संगीतमा डो¥यायो । अहिले संगीत मेरो जीवन भइसकेको छ,’ हेमन्त सुनाउँछन् ।

सन् २००४ बाट हेमन्तले संगीत यात्रा सुरु गरेका हुन् । उनको पहिलो एल्बम पाप पुण्य त्यति सफल भएन । त्यसको करिब तीन वर्षसम्म उनी संगीतबाट टाढा रहे । ‘संगीतबाट टाढा भएको थिइनँ । मलाई पहिलो एल्बम निकाल्दा गीत गाएपछि गायक भइन्छ जस्तो लाग्थ्यो । तर जब पहिलो गीत सार्वजनिक भयो अनि थाहा पाएँ, गीत गाउनु मात्र गायक बन्नु होइन । त्यसका लागी संगीतको भाव, गीतको भाव बुझ्न जरुरी छ । त्यही सिक्न दुुई तीनजना साथी मिलेर ब्यान्ड खोलें । त्यसपछि बारहरूमा गीत गाउन थालें । बार, रेसटुरेन्टमा गीत गाउँदा कहिले ४० वटा नै गीत गाउनुपथ्र्यो । त्यसो गर्दा मैले आफ्नो स्वरलाई निखार्ने मौका पाएँ । अझ नजिकबाट सिक्न पाए,’ उनले आफ्नो संघर्ष सुनाए ।

हेमन्तले त्यसका त्यसपछि ‘लैजा रे….’, ‘आधी आधी….’ जस्ता गीत निकाले । जुन निकै सफल पनि भए । उनले यसबीचमा थु्प्रै गीत निकाले । जब गीत संगीतमा उचाइमा पुगे, त्यसैबेला उनी अमेरिका हानिए । अमेरिका किन जानु भयो भन्ने प्रश्न्मा उनी भन्छन्, ‘म अझ आफूलाई खुलाउन चाहन्छु । अमेरिका रहँदा करिब २४ देशमा म सांगीतिक कार्यक्रममा आवद्ध भएँ । संगीतबाट कहिले टाढा गइनँ ।

बिभिन्न देशहरू घुम्दा त्यहाँको संस्कृति, त्यहाँको अवस्थाले मलाई उत्साह दिन्थ्यो । अझ केही गरौं भन्ने ऊर्जा प्राप्त हुन्छ । मेरो सपना मरेको छैन । म अझै केही गर्न चहान्छु । संगीतमा अझै लीन हुन चाहन्छु ।’ उनले आफू पलायन हुन अमेरिका नगएको दाबी गर्छन् । ‘कलाकारहरू बाहिर देश जाँदा पलायन भएको हो भनेर प्रश्न गर्दछन् । तर म पलायन भएको भने होइन । आफ्नो बाँकी रहेको सपनालाई पूरा गर्ने प्रयासमा लागिरहेको छु,’ उनले भने ।
प्रस्तुति : वर्षा बस्नेत

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “गायक हेमन्त राना भन्छन्, रेस्टुरेन्ट र बारमा गाउँदा गाउँदै सफल गायक भएँ

  1. सुन साइली गितले मन छोयो । यो गितको प्रस्तुतिले अझ बास्तबिकता दर्साएको छ । कुनै दिन मौका मिले हेमन्त राना, मेनुका प्रधान र गौरब पहाडीलाई भेट्नेछु । अनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *