एमाले महासचिव पोखरेल भन्छन्, ‘मधेसबाट रैथाने नेपाली विस्थापित गर्ने षडयन्त्र भइरहेको छ’

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १ फागुन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मधेसबाट रैथाने नेपालीलाई विस्थापि गर्ने गम्भिर षडयन्त्र भइरहेको बताएका छन् ।

मिडिया एनपीसँगको कुराकानीमा पोखरेलले मधेसका मुद्दा भजाएर रैथानी नेपाली विस्थापीत गर्ने योजना अनुसार काम भएको बताएका हुन् । ‘ मधेस समस्याका नाममा अहिले तराई–मधेसबाट त्यहाँ रहेका रैथाने नेपालीहरुलाई विस्थापन डरलाग्दो योजना छ,’ उनले भने, ‘मधेसमा वर्गीय र सामाजिक विभेद् छन । त्यसलाई एमालले बुझेको छ । मधेसका मसिया भन्नेहरुले त्यो कुरा ल्याएका छैनन् ।’

मधेसी मोर्चा प्रति लक्षित गर्दै उनले मधेसका खास समस्या पन्साएर वेमतवका कुरा ल्याएर बखेडा निकालिएको बताए । मोर्चाको माग सम्बोधनका लागि सरकारले व्यवस्थापिका संसदमा टेबुल गराएको संशोधन विधेयक कुनै पनि हालतमा एमाललाई मान्य नहुने उनको भनाइ छ । ‘विधेयक मान्य हुँदैन र त्यो छलफलका लागि समेत उपयुक्त छैन,’ उनले भने ।

संविधान कार्यान्वयन नभए राजनीतिक अराजकता बढ्छ

पोखरेलले अबको एक बर्षभित्र तीन तहको निर्वाचन हुन नसके मुलुकमा राजनीतिक अराजकता बढ्ने उनले बताए । संविधान कार्यान्वयन हुन नसके मुलुक गम्भीर राजनीतिक र संवैधानिक संकटमा फस्ने उनले बताए । राजनीतिक र संवैधानिक शुन्यतामा मुलुक जानबाट रोक्नका लागि निर्धारित मितिमै तीन तहको निर्वाचन हुनुपर्ने उनको भनाइ छ । ‘मुलुकलाई संकटबाट बचाउन निर्धारित मितिमै तीन तहको निर्वाचन हुनुपर्छ,’ उनले भने ‘त्यसका लागि सबै दलले आ–आफ्ना एजेण्डा फरक ठाँउमा राखेर मुख्य एजेण्डामा एक हुनुपर्छ ।’

सरकार निर्वाचनमा गम्भिर भएन

उनले सरकार निर्वाचनमा गम्भिर नभएको अरोप समेत लगाए । निर्वाचनको विषयमा सरकारले ओठे जवाफ मात्रै दिएको तर, काम भने नगरेको उनको आरोप छ । अहिले एमालेलाई सरकारमा जाने रुची नभएकाले सरकारले निर्वाचनको मिति घोषणा गरे एमालेले सहयोग गर्ने उनको भनाइ थियो । ‘सरकार निर्वाचनमा गम्भिर देखिदैन । अहिले हामीलाई सरकारमा जान रुची पनि छैन,’ उनले भने, ‘मिति घोषणा गरेर सरकार अघि बढोस् हामी साथ दिन्छौ ।’

एमाले भारत विरोधी होइन

उनले एमाले भारत विरोधी नभएको समेत बताए । नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध राख्न खोज्दा केहीले भारत विरोधी भन्ने गरेको उनले सुनाए । ‘नाकाबन्दीका बेला र केपी ओली चीन भ्रमणमा जाँदा भारतिय संचार माध्यमले घटिया प्रचार गरिदीए,’ उनले भने, ‘हामी भारत विरोधी पनि होइनौ । चीनसँग पनि सम्बन्ध बनाउन चहान्छौं ।’ । हामी कुनै एउटा देश वेष्ठित भएर बस्न चहाँदैनौ । हामी स्वतन्त्र राष्ट्र हौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *