कृषि विकास मन्त्रालयको नीति ‘एक गाविस, एक कृषि प्राविधिक’ कार्यान्वयन तहमा

  •  
  •  
  •  
  •  
  •  

जुम्ला, ५ फागुन । कृषि विकास मन्त्रालयको ‘एक गाविस, एक कृषि प्राविधिक’ नीति कार्यान्वयन तहमा पुगेको छ । उक्त नीतिअनुसार जिल्ला कृषि विकास कार्यालयले गत वर्ष हाँकु, लाम्रा, रारालिही र पाण्डवगुफा गाविसमा चारजना कृषि प्राविधिक नियुक्त गरेको थियो ।

चालु आवमा आठ जनालाई कृषि प्राविधिकमा सिफारिस गरिएको वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले जानकारी दिए । फारिस गरिएका प्राविधिकलाई गुठीचौर, छुमचौर, ताम्ती, घोडमहादेव, बड्की, शनिगाउँ, बुम्रमाडीचौर र मालिकाबोता गाविसमा खटाइएको छ ।

गत वर्ष कृषि प्रसार सेवामा कृषिको पहुँच वृद्धि गर्ने, सेवा प्रवाहमा सहजता र छरितोपन दिने उद्देश्यले जनशक्ति थप गरिएको कार्यालयले जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *