तत्कालका लागि फुटबाट जोगियो युवा संघ, सात दिने अल्टिमेटम दिँदै महाधिवेशनको घोषणा (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ फागुन । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल तत्कालका लागि फुट हुनबाट जोगिएको छ । पार्टी विधान र नियमावली विपरीत संघका अध्यक्ष राजीव पहारी र पार्टीका नेताहरु गुटगतमा रुपमा चलेको भन्दै संघकी उपाध्यक्ष दीलकुमार पन्त (दीलु पन्त) सहितले बिहीबार संघ फुटको घोषणा गर्ने तयारी गरेका थिए ।

बिहीबार बिहान मिडिया एनपीसँग कुरा गर्दै उपाध्यक्ष पन्तले दिउँसो युवा संघ फुटेको घोषणा गर्ने बताएकी थिइँन् । तर, संघ फुटेको घोषणा गर्न भन्दै आयोजना गरिएको पत्रकार सम्मेलन सात दिने अल्टिमेटम दिँदै सकियो । तत्कालका लागि युवा संघ फुटबाट जोगिएपनि नेताहरुको मतभेदमा भने कमि आएको छैन ।

यसअघि खोरज गर्ने निर्णय गरिएको संघ अन्तर्गत कायम रहेका अन्तरजिल्ला कमिटीलाई पुनः क्रियाशील गराउने कार्य र तोक आदेशमा नभई विधान र नियमालीअनुसार संघ सञ्चालन गर्न नेतृत्व र पार्टीलाई बिहीबार उनीहरुले सात दिने अल्टिमेटम दिएका हुन् । अन्यथा आउँदो वैशाख ९ देखि १२ गतेसम्म चितवनको भरतपुरमा संघको ९ औं महाधिवेशन गर्ने घोषणा गर्ने चेतावनी दिइएको छ ।

‘आजसम्म भएका सहमतिहरुको पालना नगरी संघकालाई गुटहरुको झुण्डको रुपमा विकास गर्ने गराउने काम भयो । पहल कदमी प्रतिस्पर्धालाई निस्तेज तुल्याउँदै तोक आदेशको भरमा संघ सञ्चालन गर्ने गराउने काम भयो । संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरुले संघलाई हुकुमी प्रमाङ्गीको शैलीमा सञ्चालन गर्नु गैर राजनीतिक चरित्र हो’, पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘संघको नेतृत्व र पार्टी नेतृत्वलाई पार्टीको विधान र नियमाली बमोजिम संघलाई सञ्चालन गर्नको लागि आजको मितिदेखि एक हप्ताको समय दिन चाहान्छौं । यो समयमा हाम्रो जयाज मागलाई सम्बोधन नगरि उपेक्षा गरिएमा २०७४ वैशाख ९देखि १२गतेसम्म चितवनको भरतपुरमा संघको ९ औं महाधिवेशन आयोजना गर्ने सार्वजनिक गर्न चाहान्छौं ।’

उक्त विज्ञप्तिमा उपाध्यक्षद्वय दिलु पन्त र राजु गुरुङ, सचिवहरु हस्त शाही, नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटी रहेका छन् ।

यो पनि पढ्नुहोस् : युवा संघको विवाद पार्टी ‘हाइकमान्ड’ मा, अध्यक्ष पहारीले ब्यूँताए अन्तर जिल्ला समिति

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *