कमल थापा विरुद्ध उम्मेद्वारी दिएका राणामाथि महाधिवेशन स्थलमै दुर्व्यवहार (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ फागुन । काठमाडौँमा जारी राप्रपाको महाधिवेशनका अध्यक्षका पदका प्रत्यासी उम्मेद्वार प्रदीप विक्रम राणामाथि दुर्व्यवहार भएको छ ।

कमल थापाविरुद्ध अध्यक्षको उम्मेदवारी दर्ता गराएका उनीमाथि महाधिवेशनस्थलमै दुर्व्यवहार भएको दाबी गरेका छन् । कमल थापाले पार्टीलाई एकलौटी रुपमा चलाउन खोजेको भन्दै राणाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनको दर्ता नम्बर २७ रहेको छ ।

पत्रकार सम्मेलन गरी बाहिरिने क्रममा एक समूहले राणालाई घेरा हालेर दुर्व्यवहार गरेको हो ।अध्यक्ष थापाले आफूलाई महाधिवेशनस्थलबाटै निकाल्ने भनेको समेत राणाले पत्रकारहरुलाई जानकारी दिए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *