प्रहरी मेरो छोरीको हत्यारालाई पक्राउ गर्न माथिबाट कसले आदेश दिनुपर्ने ?– प्रद्युम्न देउजा (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ फागुन । प्रिया देउजाका हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै उनका आफन्तले आपत्ति जनाउँदै अनशनको चेतावनी दिएका छन् ।

एक साता अघि रहस्यमय अवस्थामा प्रिया मृत भेटिएकी थिइन् । तर, उनका आफन्तले प्रियाको हत्या भएको र हत्यामा संलग्न भएकाहरुलाई पक्राउ गरी कारबाही नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् ।

२१ वर्षीया प्रियाले इञ्जिनियर विप्लव सुवेदीसँग दुई वर्षअघि २०७१ साल वैशाख ११ गते प्रेम विवाह गरेको थिइँन् । तर, यही फागुन २ गते ललितपुरस्थित इमाडोलमा आफ्नै घरमा मृत भेटिएकी थिइन् । माइती पक्षले उनको हत्या भएको आरोप लगाएका छन् भने घरका सदस्यले उनले आत्महत्या गरेको दाबी गर्दै आएका छन् ।

काठमाडौंस्थित रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी प्रियाका बाबु प्रद्युम्न कुमार देउजाले छोरीको हत्या भएको र हालसम्म प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही नगरेको भन्दै अनशन बस्ने चेतावनी दिएका हुन् । एक हप्ता वितिसक्दा पनि प्रहरीले माथिको आदेश बिना केही गर्न नसक्ने जवाफ दिएको उनले बताए ।

‘महानगरीय प्रहरी प्रभाग सातदोबाटोका प्रमुख रामेश्वर यादवले माथिको आदेश बिना आफुले केही गर्न नसक्ने भन्छन्, त्यो माथिको आदेश भनेको के हो?, कसले दिनुपर्ने हो ?’, पत्रकार सम्मेलनमा प्रद्युम्नले प्रश्न गरे ।

‘पीडितको आवाज र साहाराको लागि प्रहरी प्रशासनलाई हामी जनताले विश्वास गरेका हुन्छौँ, तर यहाँ मानिस मारेर खुल्याम अपराधि हिडिरहेका छन्, यस्तो स्थितिमा पनि पीडितको साहारा बन्न सक्दैन भने प्रहरी हाम्रो लागि कुन चराको नाम?, कि यो प्रशास प्रलोभनमा परेको छ, कसैको पैसामा बिक्रि भएको छ? हामीलाई अरु केही चाँहिदैन, केवल न्याय चाहिन्छ’, उनले भने ।

त्यस्तै मृतकका काका उत्तम देउजाले यथेष्ट प्रमाण हुँदाहुँदै पनि प्रमाणहरूलाई प्रहरीले नै मोड्न खोजेर महिला हिँसालाई बढावा दिन खोजेको आरोप लगाए।

‘प्रियाका श्रीमान विप्लप सुबेदी घटनाको दुईदिन अघि आफ्नो फेसबुकवालमा ‘म किन मौन छु, नसोच म केही गर्न सक्दिन, म एउटा ठुलो हत्या योजनामा छु, भनेर लेखेका छन्’, प्रियाका काका उत्तमले भने, ‘जुन कुरा प्रियाले संसार छोडेको दोस्रो दिन पछि फेसबुकबाट हटाएका छन्, के यो प्रियाको आत्म हत्या हो? के हेरेर बसेको छ, हाम्रो प्रशासन ? पीडक जबसम्म कानुनको कठघारामा आउँदैन तबसम्म हामी न्याएको लागि हर प्रयास गरिरहेनेछौँ।’

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *