रेखा थापादेखि कमल थापासम्मले हाले भोट (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ९ फागुन । काठमाडौंमा चार दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा नेतृत्वका लागि हालै पार्टी प्रवेश गरेकी चर्चित अभिनेत्री रेखा थापादेखि वर्तमान अध्यक्ष कमल थापासम्मले मतदान गरेका छन् । आगामी नेतृत्वका लागि कमल थापा र प्रदीप विक्रम राणा प्रतिस्पर्धाको मैदानमा छन् ।

एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि भएको उक्त मतदानमा कमल थापा, पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द, डा. प्रकाशचन्द्र लोहनीदेखि चर्चित गायिका कमल वली, अभिनेत्री रेखा थापासम्मले मतदान गरेका छन् । ९८ जना केन्द्रीय सदस्यका लागि ३ सय ६३ जनाले उम्मेदवारी परेको छ । निर्वाचन समितिका अनुसार ३२ सय ८७ मतदाता छन् ।

राप्रपाको नयाँ विधानअनुसार १ सय ६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत अर्थात् ९८ पदका लागि चुनाव भएको छ भने बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

समोवशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट एक पुरुष र एक महिला चुनिनेछन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *