महाशिवरात्रिमा पाशुपत क्षेत्रमा जे देखियो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

मिडिया एनपी, काठमाडौं, फागुन १३ । महाशिवरात्रीका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । गएराती बिहान १ बजेदेखि नै भक्तजनको भीड लागे पनि पौने ३ बजे मात्र पशुपतिका चार ढोका खोलिएदेखि सुरु भएको पुजा अर्चना अझै जारी छ । पशुपतिको मूल मन्दिरमा चार ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए ।

 कोषका सदस्य सचिव डा गोविन्द टन्डनका अनुसासर यस वर्षको शिवरात्रीमा १२ लाख भक्तजनले पशुपतिको दर्शन गर्ने अनुमान छ । अहिलेसम्म व्यवस्थित रुपमा लाइन लागेर भक्तजनले दर्शनका लागि प्रतीक्षा गरिरहेका छन् । जसमध्ये भारतीय भक्तजनको सङ्ख्या बढी छ । यसैबिच पशुपति क्षेत्र आज पूर्णरुपमा मेलामय बन्यो ।



भिडियो/फोटो -: मुकुन्द कालिकोटे

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *