फिसलिङदेखि कुरिनटारसम्म त्रिशूली नदीमा र्‍याफटिङमै कन्सर्ट (हेर्नोस् तस्बिर)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २३ फागुन । नेपालका चर्चित कलाकारहरू शनिबार त्रिशूली नदीमा र्‍याफटिङमा मञ्च बनाएर कन्सर्ट गर्दै थिए । वरिपरि र्‍याफटिङमै दर्शक पनि थिए । चलिरहेको र्‍याफटिङमा सेट बनाएर गीत गाउँदा बेला बेला गायक गायिका झस्किन्थे पनि । कुनै बेला भयानक त्रिशूलीमा र्‍याफटिङ पल्टिने हो कि भनेर ।

‘एक ठाउँमा त साहैै्र डर लाग्यो, सबैजना झस्क्यौं पनि,’ गायक धिरज राईले मिडिया एनपीसँग भने, ‘तैपनि देशको नाम राख्न यस्ता सानातिना डर भगाउनु पर्छ भन्ने लाग्यो ।’
‘नेपालका नदी र्‍याफटिङ गर्न सुरक्षित छन्, त्रिशूली नदी बचाउ अभियान र बुद्धको जन्म नेपालमै भएको हो’ भन्ने तीनवटा सन्देश विश्वभरि पु¥याउन र्‍याफटिङमा कन्सर्ट गरिएको उनले जानकारी दिए । त्रिशूली नदी वरिपरि फोहोर र प्रदूषण बढेकाले पनि यस्तो कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

डुंगामै सानो चारपाटे मञ्च र साउन्ड सिस्टम जोडिएको थियो । गायकगायिकाले पालैपालो लोकप्रिय गीत गाए । गायक धीरज राईले सुरुमा गीत गाए । त्यसपछि विजय लामा तथा गायिका मनीषा पोखरेललगायतले गीतसंगीतमार्फत त्रिशूली नदीलाई प्रदूषणबाट मुक्त गर्न आग्रह गरे । इन्सु राई, रेखा पौडेल, टार्जन लिम्बू, बालकुमार श्रेष्ठ, भिजे लाक्पागायतले त्रिशूलीको चार किलोमिटर नदीमा र्‍याफटिङमा आ–आफ्नो प्रस्तुति दिएको धिरज राईले बताए ।

चार किलोमिटर लामो दूरीको कन्सर्ट जम्मा ४६ मिनेटमा पूरा गरेको उनले बताए । त्यसका लागि १८ वटा बोट प्रयोग गरिएको थियो । जसमा ७० जना कलाकार र दर्शक सहभागी भएको उनले बताए ।

नदीमाथि चार किलोमिटरसम्म विश्वमै पहिलोपटक ‘र्‍याफटिङराइडिङ म्युजिकल कन्सर्ट’ गरिएको गायक राईको दाबी छ । सोही कारण आफूहरूले गाएको गीतको दृश्यसहितको सामग्री गिनिज बुक अफ द वल्र्ड रेकर्डमा पठाइएको उनले बताए ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *